साझा यातायात प्रालिलाई विधुतिय बस खरिद गर्न सरकारले दिएको ३ अर्ब रुपैयाँ ब्याजसहिते फिर्ता माग्ने भएको छ ।
मन्त्रिपरिषदको बैठकले निर्धारित समयमा बस खरिद गरी संचालन गर्न नसकेको भन्दै ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको हो।
गएको सोमबार बसेको मन्त्रिपरिषदको बैठकले साझालाई दिएको रकम ब्याजसहित फिर्ता माग्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् ।
साझा यातायातलाई ३ सय वटा विद्युतीय बस खरिद गरी सञ्चालनका लागि सरकारले शेयरबापत ३ अर्ब रुपैयाँ दिएको थियो।