logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा विजयी


अंकुरण खबर
2.678K
Shares

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा विजयी भएका छन्।

बिहीबार भएको निर्वाचनमा श्रेष्ठको पक्षमा तीन हजार चार सय ६२ मत आएको छ भने कांग्रेसका सूर्यप्रसाद रेग्मीले दुई हजार दुई सय ४४ मत ल्याए।

उनीहरूबीच एक हजार दुई सय १८ मतान्तर छ। निर्वाचन आयोगले श्रेष्ठलाई विजयी भएको औपचारिक घोषणा गर्न बाँकी छ।

नेकपाले गण्डकी प्रदेशमा अन्यबाट श्रेष्ठलाई उम्मेदवार बनाएको थियो।