logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज देशभरको मौसम कस्तो रहला ?


अंकुरण खबर
793
Shares

काठमाडौं  – उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि देशका केही क्षेत्रमा हुस्सु–कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पश्चिम र मध्य तराईका थोरै स्थानमा हुस्सु–कुहिरो लागेको छ।

शुक्रबार दिउँसो देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ । यस्तै मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

यस्तै राति देशको पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ । यस्तै मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बादली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।