logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपतिका राजनीतिक सल्लाहकार प्याकुरेलद्वारा राजीनामा


अंकुरण खबर
1.235K
Shares

काठमाडौं  – राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका छन् ।

प्याकुरेलले आफ्नो राजीनामा पत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शुक्रबार पेश गरेका हुन् । फौजदारी अभियोग लागेका अग्‍नि सापकोटा सभामुख बन्‍ने पक्का भएपछि असन्तुष्टि जनाउँदै शुक्रबार राजीनामा दिएका हुन् ।

उनी २०७४ चैतमा राष्ट्रपतिका सल्लाहकारमा नियुक्त भएका थिए । सापकोटाविरूद्ध काभ्रेका अर्जुन लामाको हत्या गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ । ०६२ सालमा काभ्रेका लामाको हत्या भएको थियो ।

सोही मुद्दामा अदालतको परमादेश कार्यान्वयन नभएको भन्दै २०७२ चैत २६ गते प्याकुरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले दायर गरेको रिटमा फैसला भइसकेको छैन ।