logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

पुनःनिर्माणका कर्मचारी घुस लिएको अभियोगमा पक्राउ


अंकुरण खबर
832
Shares

पुनःनिर्माण प्राधिकरणका कर्मचारी ६ हजार रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।

पुनःनिर्माण प्राधिकरणअन्तर्गत भोजपुर नगरपालिकामा कार्यरत सबइञ्जिनीयर प्रकाश तिवारी घुस लिँदै गर्दा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको डिएसपी श्याम सारु मगर नेतृत्वको टोलीले इञ्जिनीयर तिवारीलाई शुक्रबार ६ हजार रुपैयाँ घुससहित भोजपुरको प्रधान होटलबाट पक्राउ गरिएको हो ।