logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

झापड हान्ने सांसद दीपक मनाङेलाई २ दिन म्याद थप


अंकुरण खबर
2.925K
Shares

काठमाडौं – गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेमाथि  २ दिनको म्याद थप भएको छ ।

नेपाल फुटबल सङ्घ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट गरेको अभियोगमा बिहीबार पक्राउ परेका मनाङेलाई थप अनुसन्धान गर्न २ दिन म्याद थप गरिएको  जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

मुख्यमन्त्री कप उद्घाटन कार्यक्रममा सांसद मनाङेले एन्फा अध्यक्ष गुरुङलाई झापड हानेका थिए ।  ठगी मुद्दामा प्रहरीले मिलन गुरुङलाई पनि पक्राउ गरेको छ ।