logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपतिको छोरी : जो आफ्नै देश लुटेर बनिन् सर्वाधिक धनी महिला !


अंकुरण खबर
3.198K
Shares

अफ्रिकाकी सबैभन्दा धनाढ्य महिला इसाबेला डोस सान्टोसले आफ्नै देश लुटेर अर्बौ सम्पति जम्मा गरेको एक लिक भएको दस्तावेजबाट थाहा भएको छ ।

अंगोलमा ३८ वर्षसम्म राष्ट्रपति बनेका जोजे एडवार्डू डोस सान्टोसकी छोरीले संदिग्ध सम्झौता गरेकी थिइन्, जसले उनलाई देशको अमूल्य सम्पति किन(बेच गर्ने अुनमति दिएको थियो । यद्यपि, इसाबेलाले आफूमाथि लागेको आरोपहरुलाई झूटो बताउँदै यसलाई अंगोला सरकारको बदलाको कारवाही बताएकी छिन् ।

इसाबेला यस समय ब्रिटेनमा बस्छिन् र मध्य लण्डनमा उनको नाममा थुप्रै सम्पति हरेको बताइएको छ । इसाबेलासँग दुई अर्ब डलरभन्दा बढी सम्पति रहेको बताइन्छ । उनले यति धेरै सम्पति कसरी बनाइन् भन्न बुझ्नका लागि पहिला अंगोलालाई बुझ्न जरुरी छ ।  दक्षिणी अफ्रिकी देश अंगोलाको पश्चिममा एटलान्टिक महासनागर र यहाँको राष्ट्रिय भाषा पोर्चुगाली हो । यसै कारण यो पोर्चुगलको उपनिवेश हो ।

वास्तवमा अंगोलाको सभ्यता १०देखि १५ हजार वर्ष पुरानो छ । किम्बुडू भाषामा अंगोलाको अर्थ हुन्छ – राजा । वर्तमानको अंगोला राष्ट्र कुनै समय कंगो साम्राज्यको हिस्सा बनेको थियो । अंगोला प्राकृतिक संसाधनहरुले भरिएको छ र यसबारे जब युरोपले थाहा पायो, तबदेखि उसको नजर यसैमाथि छ ।  १६औँ शताब्दीमा पोर्चुगलले लुआन्डालाई आफ्नो उपनिवेश बनायो । लुआण्डा वर्तमानमा अंगोलाको राजधानी हो । अंगोलाको स्वतन्त्रता आन्दोलन बाकी अफ्रिकी देशहरुको स्वातन्त्रता आन्दोलनसँग जोडिएको छ ।

अफ्रिकामा स्वतन्त्रताको आन्दोलन ६० को सुरुवाती दशकमा सुरु भयो । अंगोला, मोजाम्बिक, गिनी बिसाऊ जस्ता देश पोर्चुगलको कब्जामा थियो । त्यहाँको मानिसको मस्तिष्कमा पोर्चुगल विश्वको सबैभन्दा शक्तिशाली देश भएको र कोही पनि ऊसँग टक्कर लिन नसक्ने कुरा भरिदिइएको थियो ।  सन् १९६१ डिसेम्बरबाट भारतको गोवाबाट पोर्चुगल विरुद्ध आन्दोलन सुरु भएको बताइन्छ । गोवामा भारतीय नागरिकले पोर्चुगालीलाई लखेटेका थिए । गोवामा भारतीयले पोर्चुगलका सैनिकलाई हराएको प्रेरणा लिँदै अंगोलामा पनि पोर्चुगल विरुद्ध स्वतन्त्रता आन्दोलन सुरु भयो । अंगोलामा जब स्वतन्त्रताका लागि हिंस्रक संग्राम हुन लाग्यो, पोर्चुगलीले उक्त देश छोड्नमा नै उचित ठाने ।

सन् १९७५ मा अंगोला पोर्चुगलबाट स्वतन्त्रत भयो, जसमा अंगोलाका राष्ट्रपिता भनेर चिनिने अगस्टिनो नेटोको ‘पप्युलर मुभमेन्ट फर द लिबरेशन अफ अंगोला’(अंगोलाको स्वतन्त्रताका लागि लोकप्रिया आन्दोलन)को ठूलो भूमिका रह्यो । स्वतन्त्रतापछि नेता अगस्टिनो देशको राष्ट्रपति बने । उनको समाजवाद र माक्र्सवादतर्फ बढी झुकाव थियो ।

उनको यही झुकावका कारण संयुक्त राष्ट्रसंघ, दक्षिण अफ्रिका र केही युरोपेली देशहरुले अगस्टिनोको विरोध गरे । देशको मुख्य सहरबाहिर विद्रोहीहरुले कब्जा गरिरहेका थिए । नेटोलाई सोभियन संघको समर्थन थियो रु त्यहाँ क्यूबा पनि सक्रिया थियो । यही कारण शीत युद्धकालमा अंगोला एक युद्ध मैदानमा परिणत भएको थियो ।

८० को दशकमा थुप्रै ठूला घटना भए, जसले अंगोलालाई गम्भिर असर पार्यो । अंगोलाको सबैभन्दा नजिक सोभियत संघ फुट्यो । यही सयम अगस्टिनो नेटोको हाल रुसको राजधानी मस्कोमा क्यान्सरका कारण मृत्य भयो ।  नेटोको मृत्युपछि जोजे एडवार्डू सेन्टोश अंगोलाका राष्ट्रपति बने, किनकि उनी पार्टीमा दुई नम्बर स्थानमा थिए र ऊ निक्कै प्रसिद्ध गुरिल्ला कमाण्डर थिए । उनी ३८ वर्षसम्म अंगोलाको राष्ट्रपति बने । यद्यपि, देशमा विद्रोहरुसँग गृह युद्ध जारी रह्यो । सन् २००२ मा विद्रोही नेता जोनस साविन्बीको मृत्युपछि युद्ध विराम भयो ।

कस्तो छ देशको अर्थव्यवस्थाः अंगोलाका दुई प्रतिशत नागरिक अमेरिका र युरोपेली देशका धनी व्यक्तिलेभन्दा विलासी जीवन बिताइरहेको बताइन्छ । २.९ करोड जनसंख्या रहेको यस देशमा ३० प्रतिशत जनाता गरिबीको रेखामुनि छन् र यहाँका नागरिक दिनमा दुई डलरभन्दा कम कमाउँछन् ।

अंगोला अफ्रिकाको दोश्रा्े ठूलो तेल उत्पादक देश हो । यसका साथसाथै यस देशसँग हिराको भण्डार पनि छ । विद्रोहीहरु हिराबाट आएको पैसाले नै आफ्नो आन्दोलन चलाइरहेका थिए । हिराको माध्यमबाट नै कंगो, रुवान्डा जस्ता अफ्रिकी देशहरुमा विद्रोही आन्दोलन देखिएको छ र यसै माध्यमबाट हात हतियार खरिद पनि गरिरहेका छन् ।

इसाबेला डोस सान्टोसले तेल र हिराको कारबारको माध्यमबाट अर्बौँ डलरको आफ्नो व्यावसाय खडा गरेको बीबीसीको प्यानोरामाले लिक भएका सात लाख दस्तावेजबाट थाहा भयो । इसाबेलाबारे यो अनुसन्धान इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्ट्सले गरेको हो । इसाबेला र उनका पतिमाथि यस भ्रष्टाचारमा सहभागी रहेको पाइएको छ । अंगोलामा एक पार्टी प्रणाली छ । स्वतन्त्रतापछि पिएमएलए नै सत्तामा छ, जसको झुकाव वामपन्थीतर्फ छ र यही कारण रुस र चीन यस देशको नजिक छन् ।

सन् २०१७ सेप्टेम्बरमा जोजे एडवार्र्ड डोश सेन्टोसलाई राष्ट्रपतिबाट हटाइएपछि जोआजो लोरेन्कसु नयाँ राष्ट्रपति बनेका छन् । नयाँ सरकारले इसाबेलविरुद्ध जाँच गर्ने बाचा गर्यो र अंगोलाको उनको सम्पतिलाई जफत गरेको छ ।  तेल र हिराबाहे कृषि पनि अंगोलाको अर्थव्यवस्थामा सहभागी छ ।

अंगोलाको जमिन ऊर्वृर मानिन्छ र पानीको पनि पर्याप्त श्रोत रहेको छ, तर कृषि उत्पादनमा भने त्यति प्रगति देखिँदैन । अंगोलामा सुधार कसरी हुन्छन् भन्ने कुरा नयाँ राष्ट्रपतिको इच्छाशक्तिमा निर्भर छ, तर सबैभन्दा पहिलो अफ्रिकाको सबैभन्दा धनी महिला इसाबेला विरुद्ध अंगोला निरिह बनिरहेको देखिन्छ ।

इसाबेलालाई स्वादेश फर्काउनका लागि हर सम्भव प्रयास गर्ने अंगोलाले बाचा गरेको छ । त्यस्तै, पोर्चुगल बैंक युरोबिकले इसाबेलासँग रहेको सबै व्यापारिक सम्बन्ध तोड्ने घोषणा गरेको छ । यस बैंकमा अप्रत्यक्ष रुपले इसाबेलाको ४२.५ प्रतिशत हिस्सा रहेको बताइन्छ । बीबीसी