logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोरङको केराबारी गाउँपालिकामा अज्ञात समूहद्वारा बम विष्फोट


अंकुरण खबर
1.456K
Shares

मोरङको केराबारी गाउँपालिका कार्यालयमा अज्ञात समूहले बम विष्फोट गराएको छ ।

केराबारी गाउँपालिका-१० मा रहेको गाउँपालिका कार्यालयमा गए राति १० बजेतिर बम विष्फोट भएको थियो । विष्फोटबाट कार्यालयका कोठासँगै छिमकको घरमा समेत क्षति पुगेको छ ।

त्यस्तै, गाउँपालिका कार्यालय अगाडि राखिएको बम भने शनिबार बिहान मात्रै सेनाको टोलीले डिस्पोज गरेको छ ।

कार्यालयबाट करिब ४० मिटर उत्तरतर्फ सडकमा भेटिएको उक्त बम भने नेपाली सेनाको बम डिस्पोजल टोलीले शनिबार बिहान डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

दुवै घटनामा विप्लव समूहको संलग्नता हुनसक्ने आशंका गरिए पनि घटनाको जिम्मा कसैले लिएको छैन् ।