logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंको नागर्जुनबाट ५ जुवाडे पक्राउ


अंकुरण खबर
728
Shares

काठमाडौं नागर्जुन नगरपालिका–२ नाम्गेल चोकबाट ५ जुवाडे पक्राउ परेका छन् ।

प्रहरीले नाम्गेल चोकस्थित खोटाङ रुपाकोट घर भएका ३६ वर्षीय बम बहादुर बुढाथोकीको शान्ता खाजा घरबाट जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई गए राति पक्राउ गरेको हो ।

नगद ३० हजार ६ सय रुपैयाँ र १ बुक ताससहित महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।