logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली भन्सार अब हरेक नेपालीको गोजीमा


अंकुरण खबर
1.443K
Shares

भन्सार अब हरेक नेपालीको गोजीमा रहने भएको छ । ‘नेपाल कष्टम क्लेरेन्स’ नामक भन्सार ऐप सार्वजनिक भएसँगै घरमै बसेर व्यवसायीले भन्सार पास गर्न सकिने भएको हो ।

६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा‍‍। युवराज खतिवडाले उक्त एप कार्यान्वयनको उद्घाटन गरेका छन् । एन्ड्रयुईडको प्लेस्टोरमा उक्त एप उपलब्ध छ ।

भन्सार पासलाई मानवीय विवेकीय प्रणाली शून्य बनाइ विभाग पूर्ण अटोमेसनमा गएको महानिर्देशक सुमन दाहालको भनाइ थियो । यस्तै विभागले प्रत्यक्ष राजश्व संकलन ड्यासबोर्ड पनि कार्यनयनमा ल्याएको छ । ड्यास बोर्डबाट अब प्रत्येक्ष ठूला नाकाको राजश्व संकलनको जानकारी राजश्वको अनुमानि प्राप्त अधिकारीले हेर्न सकिने छ ।

कार्यक्रममा माहनिर्देशक दाहालले नेपाली भन्सार अब कुनै विकसित देशको भन्दा कम नभएको बताए ।