logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालाजुको काभ्रेस्थली जंगलबाट लुटिए नेपाली सेनाका पूर्वसुवेदार


अंकुरण खबर
975
Shares

आँखामा खुर्सानीको धुलो हालेर काभ्रेका एक व्यक्तिको करिब ५० लाख रुपैयाँ लुटिएको छ ।

लुटिनेमा काभ्रेका बच्चुराम गुरुङ रहेको प्रहरीले जनाएको छ । उनी शनिबार साँझ बालाजुको काभ्रेस्थली जंगलबाट लुटिएका हुन् ।

उनलाई लुटेरा समूहले बल्ने ढुंगो बेच्ने लोभ देखाएर जंगलमा बोलाई आँखामा खुर्सानीको धुलो हालेर उनले बोकेको पैसा लुटेको महानगरीय अपराध महाशाखाको भनाइ छ ।

लुटेरा समूहका ६ जनालाई प्रहरीले राति नै पक्राउ गर्न सफल भएको छ । उनीहरूबारे थप जानकारी दिन प्रहरीले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

लुटिने गुरुङ नेपाली सेनाका पूर्वसुवेदार रहेको खुलेको छ ।