logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपसभामुखबारे नेकपासँग कुनै सहमति भएको छैन : महतो


अंकुरण खबर
624
Shares

काठमाडौं – राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले उपसभामुखबारे राजपाको नेकपासँग कुनै सहमति नभएको बताएका छन् ।

आइतबार संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, संविधानअनुसार फरक पार्टीलाई उपसभामुख दिनुपर्ने हो ।’ उनले नेकपासँग बहुमत भएकोले नेकपाले जुन पार्टीलाई प्रस्ताव गर्छ, त्यही पार्टीबाट उपसभामुख हुने बताए ।

उपसभामुखमा राजपाको दावी छ र भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा प्रतिप्रश्न गर्दै उनले भने, ‘यो पनि दावी गर्ने विषय हो र ? ’ नेता महतोले नेकपाले राजपालाई उपसभामुख दियो भने राजपाले धन्यवाद फर्काउने बताए ।