logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गायक प्रमोद खरेल ‘क्रिकेट विकास समिति’ को सद्भावना दूतमा नियुक्त


अंकुरण खबर
4.914K
Shares

काठमाडौं – चर्चित गायक प्रमोद खरेल क्रिकेट विकास समिति प्रदेश १ को सद्भावना दूतमा नियुक्त भएका छन्।

समितिको विराटनगरमा बसेको बैठकले खरेललाई दूत बनाएको हो । यस्तै विराटनगरका मेयर भीम पराजुली, पूर्व खेलाडी पारस लुनियासहित ६सदस्यीय सल्लाहकार समिति पनि गठन भएको छ ।

बैठकले विभिन्न उपसमितिहरु बनाउनुका साथै अजय राजवंशीलाई प्रदेशको सिनियर पुरुष टिमको टिम म्यानेजर तोकेको छ । महिला टिमको म्यानेजर भने पूर्वखेलाडी र जिल्ला महिला सदस्यहरुलाई आलोपालो पठाइनेछ ।

यस्तै प्रदेशमा आवद्ध ५ जिल्लाहरुमा विद्यालय तथा कलेजस्तरीय प्रतियोगिता आयोजना गर्न मनोज कटुवालको संयोजकत्वमा समिति समेत गठन भएको छ ।

पछिलो समय प्रमोद सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ का २ संस्करणका जज समेत रहेका छन् ।