चीनमा कोरोना भाइसरका कारण ८० जनाको मृत्यु भएको छ ।
चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार चीनको हुवेई प्रान्तमा मात्र ७६ जनाको मृत्यु भएको छ भने अन्य प्रान्तका विभिन्न शहरमा थप ४ जनाको मृत्यु भएको छ।
२ हजार ७ सय ४४ मानिस कोरोनाको संक्रमणपछि अस्पतालमा उपचारारत छन् भने झण्डै ६ हजार मानिसलाई संक्रमण भएको आशंका गरिएको छ । ३० हजार मानिसलाई प्रत्यक्ष निगरानीमा राखिएको बीबीसीले जनाएको छ ।
मानिसबाट मानिसमा सर्ने यो भाइरस सबै भन्दा घातक मानिएको छ । अनेकौं प्रयासका बाबजुद कोरोनाको प्रकोप नियन्त्रणमा नआएपछि चीनका राष्ट्रपति सी चिनफिङले कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको चेतावनी दिएका छन्।
नेपालमा एक जनालाई कोरोनाको संक्रमण भएको पुष्टि भइसकेको छ भने अन्य दुई जनामा संक्रमणको आशंका गर्दै स्याम्पल जाँचका लागि हङकङ पठाइएको छ ।