काठमाडौं – नवनिर्वाचित सभामुख अग्नि सापकोटाको शपथ ग्रहण आज बिहान ११ हुने भएको छ ।
संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सापकोटालाई राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको शपथ गराउने भएकी हुन् ।
उनी आइतबार प्रतिनिधिसभाबाट सभामुखमा निर्विरोध निर्वाचित भएका थिए । सापकोटा निर्वाचित भएको औपचारिक जानकारी राष्ट्रपति कार्यालयलाई गराएपछि सोमबार बिहान ११ बजेका लागि शपथ ग्रहणको समय निर्धारण गरिएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।
शपथ ग्रहणपछि आज नै उनले सिंहदरबारस्थित कार्यकक्षमा पुगेर कार्यभार सम्हाल्ने छन् ।