logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजबाट मौसम फेरि बिग्रने, कहिलेबाट सुधार हुने?


अंकुरण खबर
871
Shares

काठमाडौं – आज राती तथा भोली मंगलबार देशको पश्चिमी क्षेत्रमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भूभागका स्थानहरुमा हिमपातको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज महाशाखाले प्रकाशित बुलेटिनमा बुधबार देशभरनै सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानहरुमा हल्का देखी मध्यम हिमपात हुनुका साथै पश्चिमि क्षेत्रका एक दुई स्थानहरुमा भारी हिमपातको संभावना रहेको देखिन्छ।

साथै  पश्चिमी तथा मध्य पहाडी तथा तराईका केही स्थानहरुमा वर्षाको संभावना समेत रहेको छ भने पूर्वी क्षेत्रका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ ।

बिहिवार देशभर आंशिक देखि सामान्य बदलि भई केहि स्थानहरुमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको संभावना रहेको देखिन्छ ।

नेपालमा यस प्रणालीको प्रभाव बिहिबार सम्म नै रहने संभावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हनु महाशाखाको अनुरोध छ ।