सिन्धुपाल्चोक, जुगल गाउँपालिका-४ बाट भरुवा बन्दुक र बारुदसहित एक व्यक्ति पक्राउ परेका छन्।
सोही गाउँपालिका वडा नं २ निम्लुङ बस्ने ५० वर्षीया मेन दोर्जे स्याङ्बोको साथबाट १ थान भरुवा बन्दुक र करिव ५० ग्राम बारुद आइतबार बरामद भएको हो।
बन्दुक र बारुद बोकेरै हिँडिरहेको अवस्थामा प्रहरी चौकी तेम्बाथानमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।