logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

रसुवामा साढे दुई किलो सुन सहित छ जना पक्राउ


अंकुरण खबर
754
Shares

प्रहरीले रसुवाको टिमुरेबाट साढे दुई किलो सुनसहित छ जनालाई नियन्त्रणमा लिएको छ ।

ना १ झ ३५४२ नम्बरको गाडीबाट साढे दुई किलो सुन सहित छ जनालाई नियन्त्रणमा लिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।

प्रहरीले नियन्त्रणमा लिएकाहरुमा सिन्धुपाल्चोक भोटेकोशीका नोर्बु तामाङ, गाल्जेन शेर्पा, सुपिया लामा, सुवास तामाङ, साङगे शेर्पा र गाडी चालक दोलखा तामाकोशीका तुलानारायण श्रेष्ठ रहेका छन् ।

प्रहरीले पक्राउ गरेको सुनको बजार मूल्य एक करोड ६० लाख रहेको जनाइएको छ ।