काठमाडौं – गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।
काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेपछि जिल्ला प्रशासन कार्यालयले राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
अभद्र व्यवहार मुद्दामा पक्राउ पुर्जी जारी भएपछि गायिका राउत सोमबार बिहान आफैं काठमाडौं प्रहरी परिसरमा उपस्थित भएकी थिइन् ।
आस्थामाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा जाँचका क्रममा प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा अभद्र व्यावहारमा मुद्दा दर्ता गरिएको थियो ।