काठमाडौं – आज देशका केही स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार विशेषगरी पश्चिमका केही र मध्य तथा पूर्वका एक दुई ठाउँमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ । यस्तै मध्य र पूर्वको भने उच्च हिमाली भेगमा मात्रै वर्षा हुनेछ ।
पश्चिमी न्यून चापीय प्रणालीको असरले आज देशभरिकै मौसम पूर्णरुपमा खुल्ने सम्भावना निकै कम छ ।
आज दिउँसो देशको पश्चिमी र मध्य भू–भागमा सामान्य बदली तथा पूर्वी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमी भू–भागका केही स्थानहरु र मध्य तथ पूर्वी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा र पुर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै राति देशको पश्चिमी र मध्य भू–भागमा सामान्य बदली तथा पूर्वी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भू–भागका केही स्थानहरु र मध्य तथा पूर्वी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा र पुर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।