logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


अंकुरण खबर
1.404K
Shares

नवलपरासी वर्दघाट सुस्ता पश्चिमको वर्दघाट नगरपालिका–१६ कुकुरमारामा सोमबार राति ३ जना चढेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा चालक वर्दघाट नगरपालिका–१५ का २४ वर्षीय विशाल वि.क. रहेको इलाका प्रहरी कार्यालय सेमरीले जनाएको छ ।

प्रहरीका अनुसार लु १८ प ३०८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा वि.क. गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा आज बिहान पौने ४ बजे मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार सोही ठाँउका आकाश वि.क. र शुसिल बरालको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।