logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लागूऔषधसहित प्रहरी जवान पक्राउ


अंकुरण खबर
1.677K
Shares

भारतको जोगवनीबाट अवैध रुपमा ल्याउँदै गरेको लागूऔषधसहित एक प्रहरी जवान पक्राउ परेका छन् ।

प्रहरीले धनकुटाको पाख्रिबास–१४ घर भएका २३ वर्षीय प्रहरी जवान सरोज गिरीलाई पक्राउ गरेको हो । पैदल हिँडिरहेका बेला शंका लागेर लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले चेकजाँच गर्दा उनले लगाएको ज्याकेटको गोजीमा एक सय ४४ ट्याब्लेट स्पास्मोप्रोक्सिभन नामक लागूऔषध फेला परेको थियो ।

उनको साथबाट लागुऔषध फेला परेपछि विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटबाट गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।

कारागार सुरक्षा गार्डमा झापा दरबन्दी भएका जवान गिरी दंगा नियन्त्रण प्रहरी गण दुहवी सुनसरीमा कार्यरत थिए ।