logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दै


अंकुरण खबर
1.222K
Shares

काठमाडौं – आजको प्रतिनिधिसभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् ।

नवनिर्वाचित सभामुख अग्‍नि सापकोटालाई बधाई दिन प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको हो ।  बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आजको बैठकमा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको छ । त्यस्तै आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले न्याय परिषद् र न्याय सेवा आयोगको आ.व ०७५/०७६ को वार्षिक प्रतिवेदन पेश, लोक सेवा आयोगको आ.व ०७५/०७६ को वार्षिक प्रतिवेदनलगायतका प्रतिवेदन पेश गर्ने कार्यसूचीमा उल्लेख रहेको छ ।