दाङमा चितुवाको छालासहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका–१ बस्ने २४ का चेतबहादुर पुन र सोही ठाउँकै २४ वर्षीय सौगात घर्ती रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कमा उनीहरुको झोला तलासी गर्दा झोलाभित्र लुकाई राखेको चितुवाको छाला १ थान सहित सोमबार साँझ पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।