logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गायिका आस्था प्रकरण : अभिनेत्री श्वेता खड्काले आफ्नो फेसबुकमा लेखिन् यस्तो स्टाटस


अंकुरण खबर
845
Shares

काठमाडौं – गायिका आस्था राउत यतिबेला प्रहरी नियन्त्रणमा छन् । गत माघ १ गते त्रिभुवन विमानस्थलको टर्मिनलमा जाने क्रममा प्रहरी जवान रमिता श्रेष्ठसँग भनाभन भएपछि  प्रहरीले अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमतिमा पक्राउ पूर्जी जारी गरेको थियो ।

सिक्किम जाने क्रममा विमानस्थलमा प्रहरीसँग भनाभन भएपछि उनले झापा पुगेर आफुमाथी अभद्र व्यवहार भएको फेसबुक लाइभ मार्फत प्रहरीलाई गाली गरेकी थिइन् । फेसबुक लाइभमा प्रहरीलाई गाली गरेका भन्दै विमानस्थलमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले दिएको उजुरीको आधार उनी माथि पक्राउ पूर्जी जारी भएको थियो हो ।

सिक्किमबाट नेपाल आएकी राउत सोमबार प्रहरी समक्ष हाजिर भएकी थिईन् । लगतै राउतलाई चार दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिएको थियो ।

यतिबेला यही विषयमा सामाजिक सञ्जालमा विभिन्न तर्कहरु भएरहेका छन् । कलाकर्मीहरु आफैले माफी मागेपछि पनि थुनामा राख्नुको कारण के भनी प्रहरीलाई प्रश्न गर्न थालेका छन् । यसैक्रममा अभिनेत्री श्वेता खड्काले आफ्नो फेसबुक मार्फत आस्थालाई छोड्न अपिल गर्दै यस्तो स्टाटस लेखिन् ।

अभिनेत्री श्वेता खड्काको फेसबुक स्टाटस यस्तो छ ।