logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पक्राउ परेका लेखा अधिकृत पुडासैनी बिरुद्ध मुद्दा


अंकुरण खबर
741
Shares

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय ३ नं. प्रदेश ललितपुरका लेखा अधिकृतविरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

मंगलबार आयोगले लेखा अधिकृत विष्णु हरि पुडासैनीविरूद्ध बिगो रकम २२ हजार कायम गर्दै मुद्दा दायर गरेको हो ।

उनले सडक निर्माण कार्यमा कार्यरत मोविलाइजेसन पेश्की लिन आएका सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा आयोगबाट टोली खटिएको अख्तियारले जनाएको छ । सोही उजुरीका आधारमा थालेको अनुन्धानमा आयोगले लेखा अधिकृत पुडासैनीलाई २२ हजार घुस रकमसहित पक्राउ गरेको थियो ।

आयोगले बिगो रकम २२ हजार कायम गरी लेखा अधिकृत पुडासैनीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१)को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी समेत गरेको छ।