मोरङ र सुनसरीको सिमाना केशलिया खोला किनारमा परालले छोपिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।
विराटनगर महानगरपालिका–४ र सुनसरीको दुहवी नगरपालिका–१२ बुकडोरीको सिमाना भएर बग्ने केशलिया खोला किनार नजिकै बालुवासँगै परालले पुरेको अवस्थामा २०/२५ वर्ष जस्तो देखिने युवकको शव भेटिएको हो ।
नग्न अवस्थामा रहेको शव टाउको र अनुहारमा चोट भएकाले कसको हो भन्ने अहिलेसम्म पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार नग्न अवस्थामा भेटिएको शवलाई पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
घटनास्थलबाट शवसँगै रगत लागेको एउटा इँटा र च्यातिएको गलबन्दीको टुक्रा पनि फेला परेको प्रहरीले जनाएको छ।