logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घुस लिएको आरोपमा चितवन राजश्वका अधिकृत पक्राउ


अंकुरण खबर
845
Shares

घुस लिएको आरोपमा आन्तरिक राजश्व कार्यालय, चितवनका कम्प्युटर अधिकृत पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृत रामकुमार अधिकारीलाई पक्राउ गरेको हो । विद्युतीय बिजक जारी गर्ने अनुमति पत्र बनाउन अधिकृत अधिकारीले दश हजार घुस लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले दाबी गरे ।

आयोगले अधिकारीलाई उनकै कार्यकक्षबाट घुससहित पक्राउ गरेको जनाएको छ । सेवाग्राहीले अधिकृतले घुस मागेको उजुरी गरेपछि आयोगको टोलीले कम्प्युटर अधिकृत रामुकमार अधिकारीमाथि निगरानी गरेको थियो ।