काठमाडौं – आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुन ४ सय र चाँदी २५ रुपैयाँले घटेको हो ।
बुधबार छापावाला सुन तोलामा ४ सयले घटेर ७५ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाला सुन तोलामा ७६ हजारमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला ७५ हजार ३ सयमा कारोबार भइरहेको छ । चाँदी पनि आज २५ रुपैयाँले घटेर प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।