logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रौतहटमा भारतीय आपराधिक समूह र प्रहरीबीच दोहोरो गोली चल्यो


अंकुरण खबर
728
Shares

प्रहरी र भारतीय आपराधिक समूहबीच रौतहटमा दोहोरो गोली हानाहान भएको छ ।

अपहरण गरी फिरौती माग्ने योजनासहित सीमावर्ती क्षेत्रबाट नेपाल पसेको आपराधिक समूह र प्रहरीबीच इशनाथ नगरपालिका–१ मा गएराति १२ बजे गोली हानाहान भएको जिल्ला प्रहरी कार्याल रौतहटले जनाएको छ।

घटनामा आपराधिक समूहका सदस्य २० वर्षीय चाँद अली प्रहरीको गोली लागी घाइते भएका छन् । दाहिने घुँडामा गोली लागेका उनको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ । घटनामा संलग्न अन्य दुई भने भारततर्फ भागेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट १ थान कटुवा पेस्तोल र गोली बरामद गरेको छ । यसैबीच घाइते अवस्थामा पक्राउ परेका चाँद फरार अभियुक्त रहेको खुलेको छ ।