logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हेटौंडाबाट ३२ किलो गाँजासहितको तीन जना पक्राउ


अंकुरण खबर
858
Shares

हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङमा आज बिहान गाँजा तस्करी गरिरहेको भारतीय नम्बरको कारको टायरमा गोली प्रहार गरी प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कार चालक भारत मुजफपुर बस्ने ३५ बषीय संजित पासवान, कारमा सवार रहेका भारत मुजफपुर बस्ने ३५ वर्षीय अजैमल हवारी र भारत मुजफपुर बस्ने ४५ बर्षीया जाहेरा खातुन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आज बिहान थानाभर्‍याङस्थित पूर्व पश्चिम लोकमार्गको सडक खण्डमा विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको ट्राफिक चेकिङ टोलीले मनहरीतर्फबाट हेटौंडा तर्फ आउँदै गरेको बीआर ०६ जी ४४५७ नम्बरको भारतीय नम्बरको कारलाई रोकेको हो ।

कार रोक्न खोज्दा नरोकी भैरवडाँडा तर्फ भाग्दा प्रहरीले चाईनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गर्दा समेत नरोकेकोले पुनः १ राउण्ड गोली कारको टायरमा हानी उनीहरुलाई नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जानकारी दिए ।

कारबाट करिब ३२ केजी गाँजा बरामद भएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।