काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्ति सुरक्षा सुदृढ बन्दै गएको दाबी गरेका छन् ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शान्ति सुरक्षाका हिसाबले नेपाल १२ औं स्थान माथि उक्लिएको दाबी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले आफूले मंगलबार संसद बैठकलाई सम्बोधन गर्दा प्राकृतिक धक्का भनेर कोराना भाइरसतिर संकेत गरेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई जवाफ दिएका छन् ।
मंगलबार संसद बैठकलाई सम्बोधन गर्दै उनले २०२० को सुरुमा नै प्राकृतिक रुपमा धक्काको संकेत देखिएको बताएका थिए । लगत्तै बोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले कसले धक्का दिँदैछ भन्दै प्रश्न गरेका थिए । “भ्रमण वर्षका अवसरमा मैले हिजो कोरोना भइरसले धक्का दिने हो की भनेर बोलेको थिए । त्यो कसले कति बुझ्यो । मलाई थाहा छैन”, उनले भने, ‘तर हामी ठूलो धक्का पर्न दिँदैनौ । हामी कहाँ एकजनामा मात्रै विरामी देखिएको छ ।
ओलीले वर्तमान सरकारसँग जोडेर प्रेस स्वतन्त्रता र मानवअधिकारको बारेमा प्रश्न गर्नु निरर्थक रहेको बताएका छन् ।