logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मसीसीमा नेपाललाई अपमान गर्ने र होच्याउने कुरा छैन : प्रधानमन्त्री ओली


अंकुरण खबर
754
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सम्झौताको बारेमा टिप्पनी गर्नु आवश्यक नरहेको बताएका छन् ।
आज राष्ट्रियसभा गृहमा नेकपाको केन्द्रीय कमिटी बैठकको उद्घाटनमा आलीले एमसीसी नेपालको सर्वोत्म हितमा भएकाले लामो प्रकृया पूरा गरेर अमेरिकासँग सम्झौता गरिएको बताए । उनले भने ‘धेरै विवाद गर्नुपर्ने विषय होइन । यो सहायता हो । नेपाललाई अपमान गर्ने र होच्याउने कुरा छैन । जुन सम्झौता गरेका छौं त्यससँग मात्र सम्बन्धित छ एमसीसी । अरुसँग यसको लिंक छैन । पाँच वर्ष भित्र गरिसक्नु पर्ने छ । कार्यक्रम सकिएन भने काम जहाँ भएको छ त्यहाँ रोकिन्छ ।’

एमसीसीलाई इन्डोप्यासिफिक रणनीतिसँग जोड्नु नहुने पनि प्रधानमन्त्री ओलीको तर्क थियो । एमसीसी सहमतिले नेपालको सम्प्रुभुतामा कुनै असर नपर्ने यो संविधान र कानून विपरित नहुने पनि उनले बताए ।