logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१००० शैयाको अस्पताल दुई दिनमै बनायो चीनले


अंकुरण खबर
1.404K
Shares

कोरोना भाइरसले चीनमा मात्र नभएर धेरै देशमा आतकं फैलिएको छ । चीन लगाएत धेरै देशमा यो भाइरसको संक्रमण देखिएको छ ।

चीनमा यही भाइरसका कारण अहिलेसम्म १ सय ३१ जनाको मृत्यु भैसकेको छ भने, हजारौ व्यक्तिमा संक्रमण देखिएको छ । चीनले कोरोना भाइरसको मात्रै उपचार हुने हजार शैयाको पहिलो अस्पताल दुई दिनमा नै तयार गरेको छ ।

गत शुक्रबार स्थानीय सरकारले अस्पताल निर्माण गर्न आह्वान गरि ५ सय भन्दा बढी कामदार र दर्जनौं हेभी इक्वीपमेन्ट प्रयोग गरेको थियो । विभिन्न निर्माण कम्पनी तथा स्वयमसेवक, कर्मचारी र प्रहरीले ४८ घण्टा लगातार काम गरेर खाली विल्डिङलाई अस्पतालमा रुपान्तरण गरेका थिए।

शुक्रबार स्थानीय सरकारको घोषणापछि शनिबारबाट काम सुरु भएको त्यस अस्पतालमा सोमबारसम्मा पानी, विजुली तथा इन्टरनेटको जडान गरिएको थियो। एजेन्सीका अनुसार स्थाननीय सयमअनुसार आज विहान १० बजेदेखि अस्पतालमा विरामी भर्ना गरि उपचार थालिएको छ ।