logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शेयर बजारमा गिरावट


अंकुरण खबर
1.196K
Shares

काठमाडौं –  नेपाल स्टक एक्सचेञ्ज नेप्सै परिसूचक साताको चौंथो दिन ० दशमलव ०२ प्रतिशतले घटेर ० .२७ घट्दै १३०५.८८ को बिन्दुमा थामिएको छ ।

आज १ सय ७८ वटा कम्पनीको कारोबार भएकोमा २८ लाख ६८ हजार भन्दा बढी शेयर खरिद बिक्री हुँदा १ अर्ब २९ करोड माथी  कारोबार भएको छ । आज ब्यापार, होटल ननलाइफ इन्श्योरेन्स र माइक्रो फाइनन्सबाहेक अन्य उपसूचकमा गिरावट आएको छ ।

त्यस्तै, आज धेरै कारोबार हुनेमा नाडेप लघुबित्त बित्तिय संस्थाको झण्डै ६ करोड ३८ लाख माथि कारोबार भएको छ । त्यस्तै, नाडेप लघुबित्त बित्तिय संस्थाका शेयरधनीहरूले करिव १० प्रतिशतले कमाएका भने प्रोग्रेसिभ फाइनान्स लिमिटेडका ग्रँहकहरुले करिव ६ प्रतिशतले गुमाएका छन् ।