logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

१२ लाख भारूसहित चन्द पक्राउ


अंकुरण खबर
806
Shares

वीरगन्जबाट भारत हिँडेका हिमाञ्चल प्रदेश धौलाकुवाका सुभाष चन्दलाई १२ लाख भारतीय रूपैयाँसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बा६च ७४४० नम्बरको मोटरसाइकलमा सवार चन्दलाई बुधबार पक्राउ गरेको हो ।

मध्याह्न १२ बजे घन्टाघर चोकबाट चन्दलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। उनको साथबाट प्रतिबन्धित दुईसय रूपैयाँको ६०० वटा नोट बरामद भएको प्रहरीले जनाएको छ ।

चन्दलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाएको छ ।