काठमाडौं – प्रहरीले आफ्नै साथीको हत्या गरी फरार भएका बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौंको सोल्टीमोडस्थित होटल ग्राण्ड भिलाको कोठा नम्बर ११४ मा बसेका दुला मियाँले साथी मोहिद्दिन अहमदको हत्या गरी फरार भएका थिए ।
मोहिद्दिनको माघ ७ गते हत्या भएको हो । हत्यामा संलग्न दुलालाई बुधबार राति पूर्वी नाका काँकडभिट्टाबाट पक्राउ गरिएको प्रहरी परिषर काठमाडौंले जानकारी दिएको छ ।