ज्यान बनाउन गएका एक दम्पतिको जिम सेन्टरमा ज्यान गएको छ ।
ललितपुरको तिखेदेवलमा रहेको फिट एण्ड फाइन जिम सेन्टरमा साउनाबाथ लिने क्रममा बेहोस भएका हस्तकुमार मगर र उनकी श्रीमती नेत्रकुमारी मगरको ज्यान गएको प्रहरीले बताएको छ।
बेहोस अवस्थामा भेटिएका उनीहरुलाई प्रहरीले पाटन अस्पताल पुर्याए पनि अस्पतालले मृत घोषणा गरेको महानगरीय प्रहरी परिसर ललितपुरमा प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) देबेन्द्र पाण्डेले जानकारी दिए।
अक्सिजनको कमी हुँदा निस्सासिएर ज्यान गएको प्रारम्भिक अनुमान गरिएको र थप अनुसन्धान भैरहेको प्रवक्ता पाण्डेले जानकारी दिए ।
शव पोष्टमार्टमको प्रक्रियामा रहेको प्रहरीले बताएको छ ।