logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

 फेरी ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य


अंकुरण खबर
624
Shares

काठमाडौं – आज सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन ७ सय र चाँदी १० रुपैयाँले बढेको हो ।

बिहीबार छापावाला सुन तोलामा ७ सय रुपैयाँले बढेर ७६ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाला सुन तोलामा ७५ हजार ६ सयमा कारोबार भएको थियो ।  त्यस्तै, तेजावी सुन प्रतितोला ७६ हजारमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १० रुपैयाँले बढेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।