logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राजिव ढुंगानाको अध्यक्षतामा नेविसंघ केन्द्रीय तदर्थ कार्यसमिति गठन


अंकुरण खबर
702
Shares

काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवाले राजिव ढुंगानाको अध्यक्षतामा नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति गठन गरेका छन् ।

सभापति देउवाले आज एक अध्यक्ष र दुई महामन्त्री सहित तदर्थ समिति गठन गरेका हुन् ।

समितिको महामन्त्रीमा काठमाडौंमा मनोज बैद्य र पाल्पा कि महेश्वरी कुँवर चयन भएका छन् । समितिलाई ६ महिनाभित्र नेपाल विद्यार्थी संघको आगामी १२ औं केन्द्रीय अधिवेशन सम्पन्न गर्ने जिम्मेबारी दिइएको छ ।

तदर्थ समितिले अधिवेशनसम्म नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले प्रयोग गर्ने विधान बमोजिमका काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने नेपाली कांग्रेसले जानकारी दिएको छ ।

तदर्थ समितिमा रहनेहरुले आगामी महाधिवेशनमा भाग लिन नपाउने बताइएको छ । तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन छिट्टै गरिने कांग्रेसले जानकारी दिएको छ ।