logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओली र लग्जेम्बर्गका विदेशमन्त्रीबीच बालुवाटारमा भेटवार्ता


अंकुरण खबर
754
Shares

काठमाडौं – नेपालको औपचारिक भ्रमणमा रहेका लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पु(याउनुपर्ने, व्यापार, लगानी र प्रविधि हस्तान्तरणलाई द्विपक्षीय हितमा उपयोग गर्नुपर्ने, युरोपेली सङ्घमार्फत नेपाललाई प्राप्त हुँदै आएको सहयोगलगायत विषयमा छलफल भएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले संविधान निर्माणपछि नेपालमा राजनीतिक स्थायित्व कायम भएको बताउँदै व्यापार र लगानीका लागि आह्वान गरेका मन्त्रालयका सहसचिव निर्मलराज काफ्लेले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले दिगो विकासको लक्ष्य हासिल गर्ने, अतिकम विकसित मुलुकबाट स्तरोन्नतिलगायत नेपालका आगामी कार्यदिशाका बारेमा जानकारी गराउँदै सहकार्यका लागि जोड दिएका थिए ।

विदेशमन्त्री एसलवर्नले साझा हितका आपसी विषयमा सहकार्यका लागि तयार रहेको बताए । विदेशमन्त्री एसलवर्न आजै स्वदेश फर्कदै छन् ।