logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सल्यानमा वडा कार्यालयमा आगजनी, घटनाबारे थप अनुसन्धान भैरहेको छ : प्रहरी


अंकुरण खबर
1.17K
Shares

सल्यानको कपुरकोट गाउँपालिका ५ को वडा कार्यालयमा आगजनी भएको छ । बुधबार राति अज्ञात समूहले कार्यालयमा ढोकाको ताला फोडेर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आगजानीका कारण वडा कार्यालयमा रहेका सम्पूर्ण कागजात र सामग्रीहरू जलेर नष्ट भएका छ्न् ।

वडा कार्यालयमा कसले र किन आगलागी गर्‍यो भन्ने केही नखुलेको र घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यान जनाएको छ।