logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकामा तीन नेपाली युवाले जिते एक करोडको चिठ्ठा


अंकुरण खबर
1.079K
Shares

काठमाडौं – अमेरिकामा तीनजना नेपाली युवाले संयुक्त रूपमा एक करोड बढीको चिठ्ठा जितेका छन् ।

मेरिल्यान्ड राज्यको बाल्टिमोरका तीन नेपाली युवाहरुले झन्डै एक लाख अमेरिकी डलर अर्थात् एक करोड १४ लाख नेपाली रुपैयाँको लोटरी जितेको जनाइएको छ ।

स्क्रयाच गरेर खेलिने लोटरी ग्लेनबर्नीमा बस्ने बाग्लुङ र पर्वतका युवाहरु डोलेन्द्र पौडेल, दिपक रिजाल र जीवन शर्माले जितेका हुन् । सात बर्ष अगाडि अमेरिका पुगेका उनीहरुले टाउसनमा रहेको ईजि कन्भिनिएन्स एण्ड डेलीमा उक्त चिठ्ठा किनेका थिए ।

तीनैजनाले चिट्ठा कार्यालयमा गएर दावी गरेपछि कर कटाएर जनही २२, १२६ डलर ५० सेन्ट प्राप्त गरेको बताइएको छ ।