logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घुससहित वन कार्यालयका रेञ्जर पक्राउ


अंकुरण खबर
858
Shares

महोत्तरी जिल्लाको जलेश्वरनाथ सव(डिभिजन वन कार्यालय, बखरीमा कार्यरत रेञ्जर (अधिकृतस्तर) रामअशिष यादव १५ हजार रुपियाँ घुस रकम सहित पक्राउ परेका छन् ।

रञ्जर यादवले महोत्तरीको एकडारा गाउँपालिका वडा नं २ को सिफारिससहित घरायसी चिरान काठ लोड गरेको ट्रयाक्टर नियन्त्रणमा लिई बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस माग गरेका थिए ।

उक्त सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट पन्ध्र हजार रुपियाँ घुस लिइसकेको अवस्थामा जिल्ला सरकारी वकिलको कार्यालय महोत्तरीबाट नियन्त्रणमा लिइएको जनाइएको छ ।