logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुर्खेतमा ट्रकको ठक्करबाट ट्रयाक्टर चालकको मृत्यु


अंकुरण खबर
949
Shares

वीरेन्द्रनगरको जुम्लारोडस्थित पिपिरा चोक नजिकै ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा चालको मृत्यु भएको छ भने सहचालक गम्भीर घाइते भएका छन् ।

आज बिहान सुब्बाकुनाबाट वीरेन्द्रनगर बजारतर्फ आउँदै गरेको भे १ त ७५८९ नम्बरको ट्याक्टरलाई पछाडिबाट आइरहेको लु १ ख ७६७० नम्बरको ट्रकले ठक्कर दिएको हो ।

ठक्करबाट मृत्यु हुनेमा ट्याक्टर चालक जाजरकोटको चुनीचाँदे गाउँपालिका–७ का ३४ वर्षीय प्रेम कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घाइते कार्कीलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका सहचालकको भने प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।