logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सवारीचालक अनुमतिपत्रको फारम बन्द


अंकुरण खबर
806
Shares

सवारीचालक अनुमतिपत्र ९लाइसेन्स०को अनलाइन फारम बन्द भएको छ ।

अनलाइन फारम प्रणालीमा बिहीबार दिउँसोदेखि समस्या देखिएपछि यातायात व्यवस्था विभागको पोखरा र बुटबल शाखामा फारम भर्न बन्द भएको हो ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले ती ठाउँबाट एकैपटक थुप्रै फारम भरेको पाइएको जानकारी दिए । महानिर्देशक हमालले तत्कालका लागि अनलाईन फारम भर्न बन्द गरिएको बताए । पोखरा बुटबलसँगै काठमाडौमा पनि अनलाइन फारम भर्न बन्द गरिएको हो ।

विभगाले सूचना जारी सवारी चालक अनुमतिपत्रसम्बन्धी अनलाइन प्रणलीमा समस्या आएको भनेर परिमार्जन गर्न लागिएकाले हाललाई बन्द गरिएको बताएको छ ।