logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंका यी ठाउँमा भोलि दिनभर बिजुली नहुने


अंकुरण खबर
1.118K
Shares

काठमाडौंको केही स्थानमा भोलि दिनभर बत्ती नहुने भएको छ।

चक्रपथ विस्तार कार्यको लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्नको लागि महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन शनिबार बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म अवरूद्ध हुने भएको हो।

नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै उक्त फिडरअन्तर्गत बसुन्धारा, सामाखुसी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पिटल लगायत क्षेत्रका विद्युत अवरूद्ध हुने जानकारी दिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

रुख कटान कार्य निर्धारित समय अगाडि सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुने प्राधिकरणले जनाएको छ।