बागलुङमा श्रीमतीको कुटाइबाट श्रीमानको ज्यान गएको छ ।
जिल्लाको तमानखोला गाउँपालिका १ बिसोक निवासी ६४ वर्षीय रविलाल विक र उनकी श्रीमतीबीच हात हालहाल हुँदा रविलालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार गएराती रविलाल र उनकी ६० वर्षीया श्रीमती जमुना विकबीच घरायसी कुरामा विवाद हुँदा स्थिति हात हाला हाल सम्म पुगेको थियो । हात हालाहाल हुने क्रममा श्रीमान रविलाल विक भित्ताको ढुंगामा ठोक्किन पुगेका थिए ।
श्रीमतीको धक्का खाएर ढुंगामा ठोक्किएका रविलालको घटनास्थलमै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
जमुनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।