बीपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–७ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषाको महेन्द्रनगर–२ घर भई हाल छिरेश्वर नगरपालिका–६ का २४ वर्षीय सुनिलकुमार राय राजपुत र मोटरसाइकल पछाडि सवार सोही ठाउँका २३ वर्षीय कृष्णकुमार गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार सिन्धुलीबाट भिमानतर्फ जाँदै गरेको प्रदेश नं. २ को ०२–००१ प २५१० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकबाट १५ फिट तल खस्दा दुवैको घटनास्थलमा नै मृत्यु भएको हो ।
घटनाको थप अनुसन्धान भइरहेको छ ।