logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ए डिभिजन लिग फुटबल: आज हिमालयन शेर्पा र संकटा तथा आर्मी र पुलिस भिड्दै


अंकुरण खबर
2.418K
Shares

काठमाडौं – शहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज दुई खेल हुँदैछ ।

दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ । पहिलो खेल मध्यान्ह १२ बजे हिमालयन शेर्पा क्लब र संकटा क्लब तथा दोस्रो खेल दिउँसो ३ बजे दुई विभागीय टिम त्रिभूवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

खेलमा चारै टोली जितको लक्ष्यका साथ मैदानमा उत्रने छन् ।

१ जित, ४ बराबरी र ४ हारको नतिजा निकालेको हिमालयन शेर्पा नौ खेलबाट ७ अंक बनाउँदै तालिकाको १२ औं स्थानमा छ ।

यसैगरी ९ खेल खेलेको संकटाको १२ अंक रहेको छ । ३ जित, ३ बराबरी र ३ हार निकालेको संकटा ८ औं स्थानमा छ । आर्मी २० अंक सहित शीर्षस्थानमा छ ।

उसले ६ जित, दुई बराबरी र एक हारको नतिजा निकालेको छ । पुलिस भने नवौं चरण सकिँदा १४ अंक सहित पाँचौं स्थानमा छ । उसले ४ जित, दुई बराबरी र तीन हारको नतिजा निकालेको छ ।